Rule 45
स्वार्थ बाझिएमा अनुसन्धानमा संलग्न हुन नहुने
(१) देहायको अवस्था रहेमा स्वार्थ बाझिएको मानिनेछ र त्यस्तो अवस्थामा कसैले पनि विश्लेषण वा अनुसन्धान सम्बन्धी कार्य गर्न पाउने छैनः–
(क) आफू वा नजिकको नातेदार संलग्न रहेको अवस्थामा,
(ख) आफ्नो हित संलग्न रहेको विषयमा,
(ग) आफ्नो तत्कालको सुपरिवेक्षक विरुद्धको विषयमा ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै, सासु, ससुरा, दाजु, भाइ, दिदी, बहिनी, भाउजू, बुहारी, ठूलो बा, ठूली आमा, काका, काकी, भिनाजु, ज्वा“इ, मामा, माइजू, जेठाज्यू, जेठानी, देवर, देवरानी, नन्द, आमाजु, जेठान, दिदीसासु, साला, साली, साढु दाइ, साढु भाइ, धर्मपुत्र, धर्मपुत्री र सौतेनी आमा सम्झनु पर्छ ।
(२) विश्लेषण वा अनुसन्धान अधिकृतले विश्लेषण वा अनुसन्धान सम्बन्धी कार्य शुरु गर्नु अघि अनुसूची–१६ बमोजिमको ढा“चामा शपथ लिनु पर्नेछ ।